Breaking News

विराटनगरमा अत्याधुनिक बस टर्मिनल सञ्चालन

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १८:४३

विराटनगर, १६ माघ ।  विराटनगर महानगरपालिका ११ मा अत्याधुनिक टर्मिनलसहितको बसपार्क सञ्चालनमा आएको छ । अत्याधुनिक र सुविधा सम्पन्न दुई तले बस टर्मिनल पुरानै बसपार्कमा सञ्चालनमा ल्याइएको हो । बसपार्क निर्माण पूरा भएको झण्डै तीन महिनापछि सञ्चालमा ल्याइएको हो ।

बसपार्कको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्धघाटन गर्नुभयोे । बसटर्मिनलको उद्घघाटन गर्दै राईले भौतिक पूर्वाधार निर्माण गर्ने भन्दा पनि त्यसको सही सदुपयोग नै अहिलेको चुनौती रहेको बताउनुभयो । उहाँले ठूलो धनराशिमा निर्माण भएको भौतिक संरचनाको संरक्षण र सदुपयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।

राईले यस्ता संरचनाको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैको भएको बताउनुभयो । मुख्यमन्त्री राईले धेरै संरचनाहरु उचित ढंगले संचालन हुन नसक्दा जिर्ण बन्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयोे । बसटर्मिनल संचालनमा आए पनि महानगरपालिकाले बसपार्क संचालनको लागि कुनै कायविधि भने बनाएको छ ।

कार्यविधि नहुँदा सञ्चालनमा अन्यौलता उत्पन्न भएको छ । कार्यविधि बनिनसकेका कारण बस टर्मिनल केही महिना महानगरका कर्मचारीले सञ्चालन गर्ने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गर्ने गरी नगर विकास कोषको ऋण सहयोगमा निर्माण गरिएको बस टर्मिनल निर्माण थालिएको २० महिनामा निर्माण पूरा भएको हो । ऋण अनुदानमा निर्माण भएको बसपार्क अव निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्ने तयारीमा महानगर छ । तर यस विषयमा अझै टुँगो भने लागिसकेको छैन ।

बसपार्कमा महानगरपालिकाले केही महिना अगाडिदेखि नै कर्मचारी परिचालन गरिसकेको थियो । तीनै कर्मचारीले उठाउने शुल्कबाट ऋण र ब्याज तिर्ने तयारी महानगरको छ ।

करिव आठ करोड ४७ लाखमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा ६० वटा बसहरु पार्किङ गर्न सकिने छन् । एक विगाहा १० कट्ठा क्षेत्रफलमा यो फैलिएको छ । निर्माणको जिम्मा गौरी–पार्वती निर्माण सेवा काठमाडौंले पाएको थियो ।

बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय लगायतका सुविधाहरु रहेका छन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने बताइएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बस टर्मिनल भित्र थप गर्नुपर्ने संरचनाको निर्माण तत्कालै थाल्ने योजना रहेको बताउनुभयो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३