Breaking News

ग्रामथानका २३ महिलाको स्थायी बन्ध्याकरण

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १३:३४

विराटनगर, १६ माघ । मोरंगको ग्रामथानका करिव दुई दर्जन महिलाले स्थायी बन्ध्याकरण गरेका छन् ।

स्वास्थ्य कार्यालय मोरङ र ग्रामथान गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा २३ जना महिलाले स्थायी बन्ध्याकरण गरेका हुन ।

प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटमा माघ १४ र १५ गते आयोजना गरिएको कार्यक्रममा सन्तानको रहर पुरा भएका २३ जना महिलाले स्थायी बन्ध्याकरण गरेको ग्रामथान गाउँपालिकाका स्वास्थ्य संयोजक टंक ढकालले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गर्ने गरिएको स्वास्थ्य संयोजक ढकालले बताउनुभयो ।

यसअघि ग्रामथान गाउँपालिका अन्र्तगतको स्वास्थ्य चौकी मोतिपुरमा आयोजना गरिएको शिविरमा ३१ महिलाले इम्प्लान्ट लगाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३