Breaking News

जोगवनी नाकाबाट चार अर्ब ५९ करोड खाद्य बस्तुको आयात

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार १९:०३

विराटनगर, १५ माघ । चालु आर्थिक बर्षको ६ महिनामा विराटनगर स्थित जोगवनी नाकाबाट चार अर्ब ५९ करोड ५० लाखको धान, चामल, कनिका, मकै, गहु, जौ र जुनेलो जस्ता खाद्य बस्तुको आयात भएको छ ।

यो गत बर्षको सोही अवधिको तुलनामा रु ३६ करोड ५७ लाखले बढी हो । गत आबको सोही अवधिमा उक्त नाकाबाट चार अर्ब २२ करोड ९३ लाखको सोही जातका खाद्य बस्तु आयात भएको थियो ।

विराटनगर भन्सार कार्यालयका अनुसार गत आबको ६ महिनाको तुलनामा चालु आबमा मकै बाहेक अन्य सबै खद्यन्नको आयतमा बृद्धि भएको छ । यसरी बर्षेनी खाद्य बस्तुको आयातमा बृद्धि हुनुमा बढ्दो उपभोग र घट्दो उत्पादनमा मुख्य कारण रहेको विज्ञहरु बताउँछन् । बैदेशिक रोजगारीका कारण मानिसको आयसँगै उपभोगमा बृद्धि भएको तर प्रतिकुल मौसम र जनशक्तिको अभावमा कृषिजन्य बस्तुतको उत्पादन हुन नसक्ता आयत बढेको विज्ञहरुको तर्क छ ।

गत आब २०७४/०७५ को पुस मसान्त सम्ममा विराटनगर भन्सार नाकाबाट रु ५९ करोड पाँच लाख २१ हजार ८८८ मेट्रिक टन गहुँ, जौ र जुनेलु आयात भएकोमा चालु आबको सोही अवधिम रु ६३ करोड ८४ लाखको २२ हजार १३ मेट्रिकटन पुगेको छ ।

त्यस्तै गत आबको पुुस मसान्त सम्ममा ६५ करोड ४५ लाखको २४ हजार ४०५ मेट्रिक टन धान आयात भएकोमा चालु आबको सोही अवधिमा रु ८५ करोड ६५ लाखको ३१ हजार ४५१ मेट्रिक टन धान आयत भएको छ ।

त्यस्तै गत अबको पुस मसान्त सम्ममा रु ८९ करोड ५७ लाखको २२ हजार ३१४ मेट्रिक टन चामल तथा कनिका आयत भएकोमा चालु आबको सोही अवधिमा एक अर्ब १८ करोड ९९ लाखको २९ हजार ८९३ मेट्रिकटन चामाल तथा कनिका आयत भएको छ ।

गत आबको पुस मसान्त सम्ममा रु दुई अर्ब आठ करोड ८८ लाखको ७८ हजार ३७५ मेट्रिक टन खाद्यन्न मकै आयत भएको चालु अबको सोही अवधिमा घटेर रु एक अर्ब ९१ करोड एक लाखको ७१ हजार ३४९ मेट्रिकटन खाद्यन्न मकै आयात भएको विराटनगर भन्सार कार्यालयले जनाउको छ ।
अन्य बस्तुको आयात बढ्दा मकैको आयात घटेको छ ।

हिउँदे मकैको व्यवसायिक रुपमा खेती थालिएपछि यसको क्षेत्रफल र उत्पादन दुबैमा बृद्धि भएको छ, त्यसैले आयात घटेको हुन सक्ने कृषि विज्ञ डा. राजेन्द्र उप्रेती बताउनु हुन्छ । गाई र कुखुराको दानामा मकैको प्रयोग बढी गरिने भएको र केही बर्ष देखि गाई र कुखुरापालन व्यवसाय स्थिर अवस्थामा रहेकाले पनि मकैको आयात घटेको हुन सक्ने उहाँको कथन छ । त्यस्तै पछिल्ला दिनमा पहाडी क्षेत्रमा यातायतको सुविधा पुगेपछि चामालको निर्यात पनि बढेकाले धान, चामल तथा कनिका विदेशबाट आयत गर्नुपर्ने अवस्था रहेको डा उप्रेतीको भनाई छ ।

धान, चामाल तथा कनिकाको आयात बढ्नुको कारणलाई माग अनुसार उत्पादन हुन नसक्नु र खेती योग्य जमिनको बढ्दो बाँझोपज मुख्य कारण रहेको विराटनगर स्थित स्नाकोत्तर क्याम्पसका सह प्रध्यापक डा अर्जुन बराल बताउनु हुन्छ ।

“पहाडी जिल्लामा खेती बाँझै राखी छोरालाई विदेश पठाई भारतीय चामाल किनेर खाने बढ्दो प्रवृतिले पनि आयत बढाउन सहयोग पु¥याएको छ”– डा बरालले भन्नुभयो । पहाडी क्षेत्रम जलबायू परिवर्तनका कारण सुःखापन बढेर माग अनुसार खाद्यन्न बालीको उत्पादन हुन नसक्त पनि समस्या सिर्जना हुन थालेको छ ।

त्यस्तै अन्य ब्राण्डका चामालको सट्टा जिरा मसिना ब्राण्डको चामलको माग बढ्दो अवस्थामा रहेको तर नेपालमा त्यसको उत्पादन कम हुने भएकाले विदेशबाटै आयत गर्नु पर्दा पनि धान, चामलको आयातमा बृद्धि हुँदै गएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्योगी अविनाश बोहरा बताउनु हुन्छ ।

नेपालमा उत्पादन हुने अधिकाँस धान मोटा जातीको रहेको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् । विदेशबाट आयात हुने कनिका भने मदिराजन्य पदार्थ बनाउन बढी प्रयोग हुने गर्द छ । बजारमा यसको माग पनि उच्च रहेको व्यवसायी बताउँछन् ।

विशेष गरेर तराईको ग्रमिण क्षेत्र पूर्वी पहाडी जिल्लाहरुमा घरेलु मदिरा बनाउन भारतीय कनिकाको बढी माग हुने गर्दछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३