Breaking News

टिपर व्यवसायीले गरे प्रशासन विरुद्ध आन्दोलनको घोषणा

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार १८:५२

विराटनगर, १५ माघ । पूर्वाञ्चल टिपर व्यवसायी संघले प्रशासनविरुद्ध चरणवद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । मोरङको केराबारी गाउँपालिकामा आज बसेको संघको बैठकले विभिन्न बुदाँमा छलफल गर्दै प्रशासनविरुद्ध आन्दोलनमा अघि बढ्ने निर्णय गरेको संघका अध्यक्ष गोपाल कार्कीले जानकारी दिनु भयो ।

बैठकमा भोली र पर्सी बिहीबार व्यवसायीहरुले सम्पूर्ण टिपर ग्यारेजमा थन्काउने निर्णय भएको उहाँले बताउनु भयो । त्यसैगरी शुक्रबार विरोध स्वरुप व्यवसायीहरुले विराटचौकस्थित खोर्सानेबाट विराटनगरको रोडषेश चौकसम्म टिपर ¥यालीको आयोजना गर्ने भएका छन् ।

हिजो भएको घटनामा दुःख व्यक्त गर्दै अध्यक्ष कार्कीले सुन्दरहरैंचामा भएको घटनामा दोषीसंगै टिपरमा आगजनी गर्नेमाथि पनि कारवाही हुनु पर्ने माग बैठकमा गरिएको बताउनु भयो ।

बैठकले सो घटनामा प्रशासन मुक दर्शक भएको आरोप पनि लगाएको छ । सुरक्षानिकायले घटनालाई नियन्त्रणमा लिन नसक्दा व्यवसायीले समेत करोडौंको क्षति ब्यहोर्नु परेको कार्कीले बताउनु भयो ।

उहाँले त्यसको क्षतिपूर्तिका लागि आगजनीका क्रममा देखिएका व्यक्तिलाई पक्राउ गरेर कारवाही गरिनु पर्ने माग गर्नु भयो । व्यवसायीहरुले सातवटा टिपरमा गरिएको आगजनीमा समेत सुरक्षानिकाय मौन बसेको आरोप लगाएका छन् ।

हिजो बिहान घटना भएको करिव डेढ घण्टापछि स्थानीयले टिपरमा आगो लगाउदाँसमेत सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेको आरोप टिपर व्यवसायीले लगाएका छन् ।

त्यसैगरी विहान एक र अपरान्ह एक घण्टा टिपर सञ्चालनमा राखिएको रोकको कारण पनि दुर्घटना हुनसक्नेतर्फ व्यवसायीको अनुमान रहेको छ । उनीहरुले टिपर सञ्चालनमा लगाइएको रोकको समयसमेत फुकुवा हुनुपर्नेमा जोड दिएका छन् । हिजो विहान सुन्दरपुरहरैंचा ९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।

त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेका थिए । घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निर्धारित घटना भएको स्थलमा करिव १० घण्टा निशेधाज्ञा जारी गरेको थियो ।

घटनाको विरोधमा उत्रिएका स्थानीयले बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३