कोशी अञ्चल अस्पतालमा भोली चिकीत्सकहरु रिले अनसनमा बस्ने
प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १५:५९

विराटनगर १४ माघ । कोशी अञ्चल अस्पताल विराटनगरमा भोली चिकीत्सकहरु रिले अनसनमा बस्ने भएका छन् ।
अनसनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघ केन्द्रीय समितीले दिएको ७२ घण्टाको अल्टिमेटममा पनि सरकारले कुनै कदम नचालेको भन्दै नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको नेतृत्वमा कोशी अन्चल अस्पतालको प्राङ्गणमा रिले अनसन बस्ने कार्यक्रम तय भएको अध्यक्ष डा. फरवार्ड सिलवालले जानकारी दिनुभयो ।
गत माघ १० गते नेपाल सरकारलाई माग सम्बोधनका लागि दिएको ७२ घण्टाको अल्टिमेटमका सम्बन्धमा सरकारले कुनै पनि कदम अगाडी नबढाएपछि नेपाल चिकित्सक संघ केन्द्रीय समितीले माघ १४ गते देखि आन्दोलनका कार्यक्रमहरु देशभर संचालन गर्ने हिजो निर्णय गरेको थियो ।
केन्द्रिय समितिको निर्णय अनुसार भोली कोशी अञ्चल शाखाको नेतृत्वमा कोशी अन्चल अस्पतालको प्राङ्गणमा रिले अनसन बस्ने कार्यक्रम तय भएको अध्यक्ष डा. सिलवालले बताउनुभयो ।
उहाँका अनुसार रिले अनसन विहान १० वजेदेखि शुरु हुने छ । अनसन साँझ ५ वजे सम्म जारी रहने उहाँले बताउनुभयो ।
आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य पारिएको परिस्थितिबाट आम सर्वसाधारणहरुमा पर्न सक्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुने अध्यक्ष डा. सिलवालले बताउनुभयो ।
प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४