प्रकाशित : १४ माघ २०७५, सोमबार १३:४१

विराटनगर १४ माघ । प्रदेश नं. १ का प्रमुख प्रा.डा.गोविन्दवहादुर तुम्बाहाङले सरकारी कार्यालयमा हुने फजु्ल खर्च नियन्त्रण नगरे प्रदेशले अव धान्न नसक्ने वताउनु भएको छ ।

आज विहान महालेखा परीक्षक टंकमणी शर्मा नेतृत्वको टोलीसँग छलफल गर्दै उहाँले सरकारी कार्यालयले गर्दै आएको खर्चलाई नियन्त्रण गर्न सुझाव दिनुभयो ।

सवै कार्यालयले मितव्ययिता नअपनाए प्रदेशमा खर्चको भार बढने उहाँको भनाई छ । प्रदेश र स्थानीय तहमा भौतिक विलासिता बढेको स्मरण गराउँदै प्रदेश प्रमुख तुम्बाहाङले महंगा गाडी र अनावश्यक खर्चले प्रदेशलाई आर्थिक भार परिरहेको बताउनुुभयो ।

सरकारी कार्यालयबाट हुने टेण्डर तथा ठेक्का पट्टामा कमिसनको खेललाई अन्त्य गरेर कमिसन राज्य कोषमा जम्मा गर्ने कानून आवश्यक भएको उहाँले बताउनुभयो ।

महालेखा परीक्षक शर्माले सरकारी कार्यालयले १५ प्रतिसतसम्म बढी मूल्य निर्धारण गरेर खरिद गर्ने प्रकृयाले खर्च बढेको बताउनुभयो ।

सरकारी कार्यालय मितव्ययी नदेखिएको बताउदै उहाँले जुन कार्यालयमा अनियमितता देखिएको छ तत्कालै निरीक्षण गरेर कार्वाही गर्नुपर्ने बताउनुभयो ।

महालेखा परीक्षक शर्माले बार्षिक प्रतिवेदन आजनै प्रदेश प्रमुख तुम्बाहाङलाई बुझाएको छ । महालेखा परीक्षकले प्रदेश प्रमुखलाई बार्षिक प्रतिवेदन बुझाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३