प्रकाशित : १३ माघ २०७५, आईतवार १६:०२

विराटनगर १३ माघ । विराटनगर महानगरपालिका–८ की ११ वर्षीय बालिकाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ ।
शनिबार राति ८ बजेदेखि सम्पर्क विहीन भएकी गुडिया भनिने रुपमति दासको शव मोरङको विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिकाको सीमानामा रहेको सिंघिया खोलामा फेला परेको हो ।

खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानी भित्र निवश्त्र नाँगो अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरीका डीएसपी कृष्ण खड्काले हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएपछि गम्भीर रुपमा अनुसन्धान थालिएको बताए । उनले बालिकाको अनुहार र कानबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको बताए । घटनाको अनुसन्धानका लागि डीएसपी खड्काको नेत्रृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले शव पोष्टमार्टमका लागि विराटनगरको कोसी अञ्चल अस्पताल पु¥याएको छ । रुपमति शनिबार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न भनेर गएको आमा मुन्नीदेवी दासले बताइन ।

मुन्नीदेवीले त्यस अघि बालिकालाई भुजा किन्न पसलमा पठाएकी थिइन । भुजा किन्ने पसल बन्द भइसकेको भन्दै घर आएकी बालिका छिमेकीकोमा टिभी हेर्न भनेर आमासंगै विदा मागेर गएको प्रहरीले जनाएको छ ।

तर बालिका छिमेकीकहाँ टिभी हेर्न पुगिनन् । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद दास पहिले नै टिभी हेरिरहेका थिए । रामप्रसाद घर फर्किएपछि भने छोरी टिभी हेर्न नगएको परिवारमा थाहा भयो । रातभर खोजी गर्दा पनि कहीं फेला नपरेपछि छोरी हराएको निवेदन दिन प्रहरी कार्यालयमा पुगेका रामप्रसादलाई छोरीको शव फेला परेको खवर आएको थियो ।

पानीमा डुबिरहेको नाँगो शवलाई बालिकाकी हजुरआमा सीता दासले शव पानीबाट बाहिर निकालेर चउरमा राखिदिएर कपडाले छोपीदिएकी थिइन । प्रहरीका अनुसार बालिकाले लगाएका चप्पल घर नजिकैको चउरमा भेटिएको छन् ।

कपडा भने भेटिएको छैन । बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने गरेको बताइएको छ । प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरिएको र अहिले सम्म घटनामा संलग्न कोही कसैलाई पक्राउ नगरिएको जनाएको छ । घटनाको कारण र घटनामा संलग्नका बारे पनि पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३