Breaking News

चौपायाको आयातमा आधाले कमी

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १५:३१

विराटनगर, १३ माघ । अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा विदेशबाट आयात हुने चौपायाको आयातमा आधा कमी भएको छ ।
विशेष गरेर मासुजन्य उपभोगका लागि आयात गरिने यस्ता चौपायाको स्थानीय क्षेत्रमै उत्पादन बढेको र भारतले पनि चौपायाको निकासीमा कडाई गरेका कारण आयात कम भएको हुन सक्ने पशु क्वारेन्टाईन विराटनगरका कर्मचारीहरु बताउँछन् ।

पूर्वी नेपालका विभिन्न नाकाबाट चालु आ.ब.को छ महिनामा २८ वटा गाई गोरु नेपाल आयत भएका छन् । गत आबमा चार महिनामा नै यी नाकाहरुबाट ४९ वटा गाई गोरु आयत भएको पशु क्वारेन्टाईन कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै चालु आबको पुस सम्ममा पूर्वका विभिन्न नाकाबाट ३५६ वटा राँगा भैसी, तीन हजार ५१५ वटा खसी वोका , १७८ वटा सुँगुर, र छ वटा घोडा नेपाल आयात भएका छन् । जबकी गत आबको कात्तिकसम्ममै ७१८ वटा राँगा भैसी,सात हजार १२७ वटा खसी वोका , ५२१ वटा सुँगुर भारतबाट आयात भएका थिए ।

चौपाय मात्र होईन माछा र माछाजन्य बस्तुको आयत पनि चालु आबमा कमी आएको छ । चालु आबको पुस सम्ममा खाने माछाको आयत ६६१ मेट्रिक टन भएको छ जबकी गत आबको कात्तिकसम्ममै ५२७ मेट्रिक टन खानेमाछा आयात भएको थियो ।

त्यस्तै चालु आबको छ महिनामा भारतबाट ८ मेट्रिक टन सिद्रा आयत भएकोमा गत आबको चार महिनामा नै ७ मेट्रिक टन सिद्रा आयत भएको पशु क्वारेन्टाईन विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३