Breaking News

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार २२:०२

विराटनगर, ११ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

दुईदिन सम्म सञ्चालन भएको समारोहमा सांस्कृतिक कार्यक्रम, शुभकामना तथा सम्मानलगायतका कार्यक्रम भएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने बतानुभयो ।

उहाले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरि दक्ष जनशक्ति निर्माणमा ध्यान पु¥याउन आग्रह समेत गर्नुभयो । शिक्षा व्यवहारिक, जीवनोपयोगी हुनुपर्ने धारणा राख्दै सभामुख भण्डारीले उत्पादित जनशक्तिहरु दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षमा प्रकाश पार्नुभयो । दुई दिनसम्म चलेको समारोहमा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १७:३९

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३