प्रकाशित : ११ माघ २०७५, शुक्रबार २१:५७

विराटनगर, ११ माघ । बैंकहरुले ब्याजदर बढाएको भन्दै विराटनगरका उद्योगी व्यवासायी आन्दोलित बनेका छन् । उत्पादन मुलक उद्योगहरुमा प्रवाह गरिएको ऋणमा व्याजदर बढाइएको भन्दै उद्योगी व्यवसायी आक्रोसित बनेका हुन् ।

उनीहरुले ऋणमा अधिकतम सात प्रतिशत र व्यवसायिक क्षेत्रमा नौ प्रतिशत नबढाई व्याजदर कायम गर्नु माग गरेका छन् ।

बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमुलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था हुनु पर्ने माग राखेर आन्दोलनको घोषणा गरिएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताउनु भयो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आज पत्रकार सम्मेलननको आयोजना गरेर बैंकको व्याजदर तत्काल नघटे कडा आन्दोलन गर्ने चेतावनी दिए । तत्काल बैंकको व्याजदर नघटे उद्योगको तालाचाबी सरकारलाई बुझाएर राष्ट्र बैंकमा तालाबन्दी गर्ने चेतावनी दिए । बैंकहरुले अचाक्ली व्याज बढाएका कारण उद्योगी व्यवसायी मारमा परेको सारडाको भनाइ छ ।

दुबै संगठनले ब्याजदर घटाउनका लागि आगामी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । ज्ञापन पत्रको सम्बोधन नभए माघ २० गते देखि २३ गते सम्म निरन्तर धर्ना दिने र माग सम्बोधन नभए २४ गते जिल्ला प्रशासन कार्यालयमा उद्योगको तालाचाबी बुझाएर राष्ट्रबैंकको कार्यालयमा तालबन्दी गर्ने उद्योगीहरुले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी छ प्रतिशतबाट बढाएर १७ प्रतिशत पुगेको बयाजदर घटाउनु पर्ने माग गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३