प्रकाशित : ११ माघ २०७५, शुक्रबार ०६:५०

विराटनगर, १० माघ । मोरङको सुनवर्षी नगरपालिका – ७ कुडेलीका तीन बालकको बावु आमाको मृत्युसंगै विचल्ली भएको छ । १५ वर्षीय दिपक, नौ वर्षीय राजीव र पाँच वर्षीय रोशन राजवंशीको कन्तविजोग भएको हो ।

उनीहरुका बुवा फगुलालको २०७० साल चैत ३० गते मृत्यु भएको हो । गत साउनमा आमा सन्तोषीको पनि मृत्यु भयो । स्थानीय बासिन्दाले सेतो लामखुट्टेले टोकेर फगुलाल र सन्तोषीको मृत्यु भएको बताए ।

बावु वित्दा पाँच वर्षीय रोशन आमाको गर्भमै थिए । बावु वितेको पाँच वर्षपछि आमाको पनि मृत्यु भएपछि उनीहरुको पालनपोषणमा समस्या भइरहेको स्थानीय गणेश राजवंशीले बताउनु भाये । उहाँका अनुसार आमाको मृत्यु भएपछि दिपकले पढाई छाड्नु परेको छ । बुवा आमा विनाका तीन बालक अहिले छिमेकीसंग मागेर खान्छन् ।

बुवा आमा नभए पनि फूपु सरसादेवी राजवंशी तथा मावलकी ७० वर्षीय हजुरआमा कृष्णवति मिलेर तीन बालकको हेरचाह गर्दै आउनु भएको थियो । यही पुस अन्तिममा फूपु पनि वितेपछि भने तीनै जनालाई झन समस्या भएको छ । स्थानीय गणेशका अनुसार फूपुको काजकिरिया सकिएको पाँच दिन मात्रै हुँदैछ ।

बुढेशकालले गाँज्दै लगेपछि ७० वर्षीय हजुरआमाले नातीहरु हुर्काउन सक्ने स्थिती नै छैन । वरपर सामान्य काम गरेर कमाएको थोरै पैसाले दिपकले आफू, हजुरआमा र भाईहरुलाई खानेकुराको जोहो गर्ने गरेको स्थानीयले बताए ।

त्यसले पर्याप्त नभएपछि उनीहरु भोकभोकै परिरहेका छन् । घरमा खाने अन्न छैन । सुत्दा ओढ्ने, ओछ्याउने तथा लगाउने कपडा समेत नभएको स्थानीयले बताए । हजुरआमा कृष्णवतिले साना नातीहरुले आमा खै भनेर रात दिन नै रुँदै खोज्ने गरेको र उनीहरुलाई सम्झाई बुझाई गरेर राख्दै आएको बताउनु भयो ।

बुवा आमा नै गुमाएपछि ठूलै आडभरोसा दिंदै आएकी फूपुको निधनले झन आफूहरुलाई समस्यामा परेको दिपकको पीडा छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३