प्रकाशित : १० माघ २०७५, बिहीबार १९:०६

विराटनगर, १० माघ । मोरङको उर्लाबारी नगरपालिका – १ मा संचालनमा रहेका दुई क्रसर उद्योगले मानव वस्तीमा समस्या बनाएको छ । पञ्चेश्वर क्रसर र पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित वस्ती छेउमै संचालन गरिएको गुनासो स्थानीयले गरेका छ ।

वस्तीबाट टाढा लगेर उद्योगको व्यवस्थापन गर्न स्थानीयले माग गरेको लामै समभइसके पनि जनप्रतिनिधी र क्रसर उद्योग संचालकले भने बेवास्था गर्दै आएका छन् । स्थानीयले दुईवटा क्रसर सार्न माग गरिरहँदा उल्टै अरु दुईवटा क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधिन छन् । क्रसरका कारण आजित बनेका स्थानीयले वडा कार्यालय, नगरपािलका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । तर उजुरीको सुनुवाई नभएपछि स्थानीयले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।

क्रसरका कारण मानव वस्तीसंगै दुईवटा विद्यालय पनि प्रभावित बनेका छन् । सारदा मावी र नुनसरी आधारभूत विद्यालयमा अध्यापन गराउन पनि असहज भएको हो । सारदा मावि उर्लाबारीका प्राध्यानाध्यापक सूर्य दाहालका अनुसार क्रसरका कारण विद्यालयको पठन पाठनमा धेरै ठूलो असर गरिरहेको छ ।

ढुवानीका लागि कुद्ने टिपरका कारण झन ठूलो तनाव बेहोर्नु परेको दाहालको भनाइ छ । स्थानीय विज्ञान बड्तौलाका अनुसार क्रसरले खयरबारी, बिहीबारे, चपुरलगायतका वस्तीलाई असर गरिरहेको छ । क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भइरहेको उहाँको भनाइ छ ।

स्थानीयका अनुसार संचालनमा रहेका अन्य दुई क्रसरसंगै देविस्थान मिरल क्रसर र अर्काे एक क्रसर सञ्चालनको तयारीमा छ । मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरले समस्या ल्याएको स्थानीय चन्द्र भट्टराईले बताउनु भयो । स्थानीय सरकारले अटेर गरेपछि उच्च अदालत विराटनगरमा रिट दायर गरिएको उहाँले बताउनु भयो ।

यता उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी स्थानीयले क्रसरका बारेमा लिखित उजुरी गरेको बताउनुहुन्छ । क्रसरका कारण स्थानीय प्रभावित भएको बताउँदै उहाँले प्रमुख खड्ग फागोले चासो नदेखाउँदा आवश्यक कारवाही गर्न असहज भएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३