प्रकाशित : १० माघ २०७५, बिहीबार १९:००

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ ।

दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।

उद्घाटन कार्यक्रमका जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै निजी विद्यालयले राज्यका लागि ठुलो सहयोग गरेको बताउनुभयो । उहाँले पछिल्ला समयमा आइरहेका निजी विद्यालयको विस्थापनको विषयतर्फ संकेत गर्दै त्यसो हुन नसक्ने बताउनुभयो ।

उहाँले शिक्षामा निजी क्षेत्रको लगानी ठूलो भएको उल्लेख गर्दै यसलाई तत्काल हटाउन नसक्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई निरुत्साहित पार्नु भन्दा सरकारी तथा सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले २५ वर्ष अघि ८० जना विद्यार्थीबाट शुरु भएको विद्यालयले प्राप्त गरेको सफलताको श्रेय अभिभावकलाई दिनुभयो ।

विद्यालयका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवीहरु केशवसिंह सुवाल, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थीलगायतकाले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३