Breaking News

रेडक्रस सोसाइटी मोरंगको जिल्लासभा स्थगनको माग

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार १८:५६

विराटनगर, १० माघ । रेडक्रस सरोकार समूह मोरंगले नेपाल रेडक्रस सोसाइटी मोरंगको जिल्लासभा स्थगनको माग गरेको छ ।

आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै सरोकार समूहले माघ १२ गते शनिबार विराटनगरमा हुने जिल्लासभा स्थगनको माग गरेको हो ।

रेडक्रसको विधान संशोधन भएको अवस्थामा पुरानै नियम अनुसार जिल्ला सभा गर्न लागिएको भन्दै स्थगनको माग गरिएको सरोकार समूहका संयोजक तारानाथ भट्टराईले जानकारी दिनुभयो ।

जिल्लासभा स्थगनको माग गर्दै भट्टराईको नेतृत्वमा सदस्यहरु सागर थापा, नेवालाल राजवंशी, सुरवहादुर श्रेष्ठ लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

यसअघि सरोकार समूहले गत पुस २९ गते रेडक्रसको जिल्लासभा र निर्वाचन स्थगनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । रेडक्रसले पछि निर्वाचन कार्यक्रम भने स्थगित गरेको थियो । यसैवीच सरोकार समूहको आजै वसको बैठकले रेडक्रसमा भएका अनियमितताको छानविन गरि दोषीमाथि कारवाहीका माग गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३