प्रकाशित : १० माघ २०७५, बिहीबार १८:५१

विराटनगर, माघ १० । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोसी र लर्डबुद्ध तथा फुटबलतर्फ अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोसी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा कोसी कलेजले सिर्जनाज्ञान कुञ्ज स्कुललाई ६१ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लर्डबुद्ध कलेजले वाक ओभरका आधारमा विजयी भयो । सेन्टजोसेफ स्कुल खेल्न नआएपछि लर्डबुद्ध विजयी भएको हो ।

त्यसैगरी छात्रा भलिबलतर्फ पथरीको एभरेष्ट कलेजले पथरीकै बाल्मिकी कलेजलाई २६–२४ र २५–१७ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–११ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कान्तिपुर कलेज विजयी भयो । सिटी कलेज खेल्न नआएपछि कान्तिपुर कलेज वाक ओभरका आधारमा विजयी भएको हो ।

चौथो खेल लर्डबुद्ध कलेजले मेरिल्याण्ड कलेजलाई २५–१३, १६–२५ र २५–१२ को स्कोरमा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै फुटबलको पहिलो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा सेन्टजोसेफ स्कुलले अरनिको कलेजलाई २–० गोल पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा कोसी कलेजले मेरिल्याण्ड कलेजलाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा ग्रिनल्याण्ड कलेजले बुद्ध अंग्रेजी बोर्डिङ स्कुललाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३