प्रकाशित : १० माघ २०७५, बिहीबार १३:१२

विराटनगर, १० माघ । विराटनगर महानगरपालिका १५ स्थित श्रीराम बोर्डिङ स्कुलको भेन बिहीबार विहान ११ बजे दुर्घटना हुँदा छ जना बालबालिका घाइते भएका छन् ।

घाइते सबै सोही बोर्डिङ स्कुलका विद्यार्थी हुन् । सात जना विद्यार्थीलाई लिएर स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भेन स्कुल नजिकै आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाका अनुसार दुर्घटनामा युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, आठ वर्षीय कृष्ण राजवंशी, नौ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने पाँच वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत नौ वर्षीय पिपल राणापाल घाइते भएका छन् ।

घाइतेहरुको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते मध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका हुन् । प्रहरीले भेनमै सवार कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेको र उनलाई कुनै पनि चोटपटक नलागेको जनाएको छ ।

दुर्घटनामापछि स्कुल भेनका चालक विराटनगर १४ का वीरेन्द्र महतो फरार बनेका छन् । फरार रहेका महतोको खोजी थालिएको र उनलाई पक्राउ गरिएपछि मात्रै दुर्घटनाको कारण खुल्ने प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३