प्रकाशित : ९ माघ २०७५, बुधबार १८:५७

विराटनगर, माघ ९ । ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्फ एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् ।

हिसान मिटअन्तर्गत बुधबार भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डनएरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर मोर्डनएराले मेरिल्याण्डलाई पहिलो ब्याटिङ गर्ने अवसर दियो । मेरिल्याण्डले ब्याटिङ गर्दै निर्धारति ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १६४ रन बनायो । जसमा साकिव हकले ५५, मुकेश कामले ३६ र आलोक अधिकारीले २३ रन बनाए । बलिङमा मोर्डनएराका अभिषेक राना मगरले ३, कौशल विश्वकर्मा र गौरव श्रेष्ठले १–१ विकेट लिए । १६५ रनको विजयी लक्ष्य पछ्याएको मोर्डनएराले १४ ओभर १ बलमा सबै विकेटको क्षतिमा ९७ रनमै समेटियो ।

जसमा अंकित श्रीवास्तवले २९ र विनोद साहले १६ रन बनाए । बलिङतर्फ सवाग्यराज पाण्डेले ४, सक्षम कार्की र कुश कामतले २–२ विकेट लिए । म्यान अफ द म्याच मेरिल्याण्डका साकिव हक भए । क्रिकेटको दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजले विद्यभूमि बोर्डिङ स्कुललाई ९ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर एभरेष्टले फिल्डिङ गरेको थियो । पहिलो ब्याटिङ थालेको विद्याभूमिले १८ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो ।

जसमा सचिन दाहालले २७, नितेशकुमार साहले १२ र प्रतीक रायमाझीले १० रन बनाए । बलिङमा निकेश खत्रीले ४, विकेन थापा र आकाश खत्रीले २–२ विकेट लिए । ८६ रनको विजय लक्ष्य पछ्याएको एभरेष्टले १२ ओभर ३ बलमा १ को क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा पशुपति दाहालले ४० र आकाश खत्रीले २२ रन बनाए । बलिङमा इफारान सेखले १ विकेट लिए ।

म्यान अफ द म्याच मेरिल्याण्डका नितेश खत्री भए । त्यसैगरी फुटबलतर्फ पहिलो खेलमा सिटी कलेजले विद्याभूमि बोर्डिङ स्कुललाई ५–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिटीका म्यान अफ द म्याच आशिष चौधरीले २ तथा सविन कार्की, विमल राई र अरुण चौधरीले १–१ गोल गरे भने विद्याभूमिका विमल उप्रेती १ गोल गरे ।

दोस्रो खेल विराटनगरको एभरेष्ट कलेजले कोबास कलेजलाई ३–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश ग¥यो । एभेरष्टका म्यान अफ द म्याच अभिमतजंग कार्की, अभय कार्की र एल्सन राजभण्डारी १–१ गोल गरे भने कोबासका मनिष देवले १ गोल गरे । तेस्रो खेलमा पथरीका रेडस्टार कलेजले लर्डबुद्ध कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच रेडस्टारका दीपेश याख्खाले गोल गरे ।

चौथो खेलमा मोर्डनएराले टाइब्रेकरमा दिल्ली पब्लिक स्कुललाई ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच दिल्ली पब्लिकाका प्रताप चौधरीले भए । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । प्रतियोगिताअन्तर्गत बिहीबारको क्रिकेटको पहिलो खेल सिर्जना ज्ञान कुञ्ज र कोसी कलेज, दोस्रो खेल सेन्टजोसेफ मावि र लर्डबुद्ध कलेजबीच हुनेछ ।

फुुटबलको पहिलो खेल अरनिको कलेज र सेन्टजोसेफ मावि र दोस्रो कान्तिपुर कलेज र अर्किड कलेज, तेस्रो खेल मेरिल्याण्ड र कोसीबीच हुनेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३