प्रकाशित : ९ माघ २०७५, बुधबार १८:५२

विराटनगर, ९ माघ । विराट फुटवेयर एक्स्पो आज देखि विराटनगरमा सुरु भएको छ । मेलाको उद्घाटन गर्दै प्रदेश नं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले विराटनगर सबै खाले उद्योग र व्यापारको राम्रो संभावना रहेकाले ठाउँ भएकाले जुत्त चप्पल मेलाले पनि राम्रो व्यापार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मेलामा स्वदेशी जुत्ता उद्यमीहरुको सहभागिता रहेकाले सबै विराटनगर बासीले एक जोर जुत्ता किनेर स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रवद्र्धन पर्ने बताउनुभयो ।

मन्त्री कार्कीले सञ्चारकर्मीहरुलाई समेत जुत्ता चप्पल मेलाको राम्रोसँग प्रचार प्रसार गरेर मेलाको व्यापार बढाईदिन अनुरोध गर्नुभयो । “मेलाको प्रचार गरेर व्यापार बढ््यो भने त्यसले मिडियाको व्यापार पनि बढाउँछ” – मन्त्री कार्कीले भन्नुभयो । उहाँले स्वदेशी जुत्ता उद्योगले कच्चा पदार्थको समस्या भोगिरहेको चर्चा गर्दै यसको आयतमा सहजीकरण गर्न सरकार तयार छ भन्नुभयो । जुत्ता चप्पल मेलामा देशभरीका नौ वटा स्टलहरु रहेका छन् ।

एक महिनासम्म सञ्चालन हुने उक्त मेलामा दुइलाख मानिसको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।

सो अवसरमा नेपाल चेम्बर्स अफ कमर्स प्रदेश नं ५ का अध्यक्ष भीम पौडेल, नेपाल छाला जुत्ता तथा चप्पल संघका पूर्व अध्यक्ष रबीन्द्र कुमार श्रेष्ठ, र विराट जुत्ता चप्पल मेला २०७५ का अध्यक्ष होमनाथ उपाध्यायले पनि स्वदेशी जुत्ता तथा चप्पल उद्योगले भोग्नु परेका समस्याका बारेमा बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३