प्रकाशित : ९ माघ २०७५, बुधबार १७:४१

विराटनगर, ९ माघ । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा आज खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन् । त्यस्तै ‘म र मेरो देश’ शीर्षकको कविता वाचन गरेर नारायण चौलागाईं द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर सबु थापा तृतीय र ‘म’ शीर्षकको कविता वाचन गरेर आयुषा खतिवडाले सान्त्वना स्थान प्राप्त गरिन् ।

कवि गोकुल अधिकारी र मीनकुमार नवोदितको निर्णायक समितिले विजेताको नामावली घोषणा गरेको थियो । विद्यार्थीलाई अध्ययनसँगै सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

कलेजले चेस, हाजिरीजवाफ, वक्तृत्वकलालगायतका प्रतियोगिता आयोजना गरेको छ । एक हप्तासम्म विभिन्न प्रतियोगिता आयोजना हुने प्रिन्सिपल खड्काले बताउनुभयो ।

कवितासहितका प्रतियोगिताका सबै विजेता विद्यार्थीहरूलाई विशेष समारोहमा पुरस्कृत गरिने कलेजले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३