प्रकाशित : ९ माघ २०७५, बुधबार १७:४०

विराटनगर, ९ माघ । उच्च अदालत विराटनगरको कायम मुकायम (कामु) मुख्य न्यायधीशको जिम्मेवारी शिवराज अधिकारीले पाउनु भएको छ ।
न्यायपरिषद्ले मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेललाई काजमा तानेपछि कायम मुकायमको जिम्मेवारी अधिकारीलाई दिइएको हो । उच्च अदालत पाटन, हेटौंडा इजलासका प्रमुख अधिकारीलाई कामु मुख्य न्यायाधीश अधिकारीले बुधवारबाट न्यायसम्पादनको काम थालेको उच्च अदालत विराटनगरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । मंगलबारको इजलास भने भुर्तेलले नै तोकेका थिए । भुर्तेलको सोमबार साँझ काज सरुवा भएको थियो ।

बहुचर्चित सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्याको प्रकरणको मुद्धामा न्यायाधीशको भूमिका शंकास्पद रहेको भन्दै उच्चका मुख्य सहित अन्य न्यायाधीशको काज सरुवा गरिएको हो । जिल्ला अदालत मोरङको आदेशबाट थुनामा रहेका सुन तस्करी तथा हत्याका अभियुक्तहरुलाई उच्चले धमाधम छाड्न आदेश दिएको थियो ।

न्याय परिषद्ले यही विषयमा अध्ययन गरिरहेको थियो । परिषद्को अध्ययनसंगै अभियुक्तलाई छाड्न आदेश दिने न्यायाधीशमाथि कारवाही थालिएको बताइएको छ ।

सुन तस्करी र समन शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरुले गरेको पुनरावेदन निवेदन हेरेका उच्चका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल लगायतलाई यस अघि नै कारवाहीका लागि तानिसकिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३