प्रकाशित : ९ माघ २०७५, बुधबार १२:४७


विराटनगर, ९ माघ । मोरंगको ग्रामथानका झण्डै तीन दर्जन महिलाले इम्प्लान्ट लगाएका छन् ।
स्वास्थ्य चौकी मोतिपुरको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा भएको नि : शुल्क परिवार नियोजन शिविरमा सन्तानको इच्छा पुरा भएका तथा जन्मान्तर कायम राख्नका लागि ३१ महिलाले इम्प्लान्ट लगाएको स्वास्थ्य चौकी मोतिपुरका इन्चार्ज सन्तोष गौतमले जानकारी दिनुभयो ।
सेवाग्राही महिलालाई आवस्यक परामर्श सहित सेवा दिईएको इन्चार्ज गौतमले बताउनुभयो । गाउँपालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।