प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार १७:३८

विराटनगर, ८ माघ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा तीन अर्ब १८ करोड १३ लाख रुपैयाँ संकलन गरी अर्ध वार्षिक लक्ष्य पूरा गरेको छ ।

कार्यालयलले यस अवधिमा तीन अर्ब चार करोड ६४ लाखको लक्ष्य सङ्कलन गर्ने लक्ष्य राखेको थियो । गत आर्थिक बर्षको सोही अवधिमा कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन ।

गत आ.व.को अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले सङ्कलन गरेको कार्यालयले बताएको छ । गत वर्षको अर्ध वार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख दिलीप गौतमले बताउनुभयो ।

कार्यालयले चालु आबको पुस मसान्तसम्ममा आयकर तर्फ ९२ करोड ८३ लाख, ब्याज कर तीन करोड ९५ लाख, मूल्य अभिबृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट एक अर्ब ५२ करोड सङ्कलन गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३