प्रकाशित : ८ माघ २०७५, मंगलवार १७:३६

विराटनगर, ८ माघ । पूर्व निर्धारित लक्ष्य अनुसार कमाण्ड क्षेत्र विस्तारको कार्य पुरा नहुँदै सुनसरी–मोरङ सिचाई योजना पुन ः निर्माणको अवस्थामा पुगेको छ ।

५० बर्ष अगाडि निर्माण गरिएको मुल तथा शाखा नहरका संरचनाहरु धमाधम भत्किन थालेपछि नहर पुनः निर्माण गर्नुपर्ने अवस्थामा पुगेको योजनाका डिभिजन इन्जिनियर सुपीन्द्र खत्रीले बताउनुभयो । ‘नहरका अधिकांश संरचनाहरु ईट्टा र सिमेन्टका छन् । पानीमा डुविरहँदा मसला उक्किने र भत्किने काम भईरहेको छ ।

नहरको मुख्य संरचनाको आयु सकिएको छ । त्यसलै यसको पुनः निर्माण आवश्य छ’योजनाका डिभिजन इन्जिनियर खत्रीले भन्नुभयो । मूल नहरको मुख्य संरचनाको आयु सकिएकाले त्यसको पुनः निर्माणका लागि आवश्यक अध्ययन गर्न मन्त्रालयसँग माग गरिएको छ । विस्तृत अध्ययन पछि मात्र त्यसको बिस्तृत लागतको जानकारी हुने परियोजना प्रमुख हरीराम श्रेष्ठले जानकारी दिनुभयो । बजेटको अभावमा कमाण्ड क्षेत्र विस्तारको कार्य नै अवरोध भई रहेको बेला पुनः निर्माण गर्ने कार्य सरकारको टाउँको दुखाई बन्दै गएको योजनाका कर्मचारीहरु बताउँछन् ।

दातृ निकाय र बजेटको अभावमा गत १५ बर्ष देखि नहरको कमाण्ड क्षेत्र बिस्तारको कार्य स्थगित भएको छ । मर्मत संभारको भरमा चलिरहेको यो परियोजनालाई गत बर्षको साउनमा आएको बाढी पनि ठूलो अभिसाप हुन पुग्यो । बाढीले परियोजनाका विभिन्न संरचनाहरु भत्काउँदा ७० करोड भन्दा बढी क्षति हुन पुगको परियोजनाले बताएको छ । सरकारले समयमै बजेट उपलब्ध गराएमा बाढीले क्षति पु¥याएका पुराना संरचनाहरुको पुनः निर्माण कार्य समयमै सम्पन्न हुने परियोजना प्रमुख बताउनु हुन्छ । तर चालु आबमा सरकारले लोहन्द्राको पुल र एक्युडक्ट पुनः निर्माणका लागि रु १२ करोड मात्र विनियोजन गरेको छ ।

परियोजना अन्तर्गतको मुल नहरका संरचनाहरुको पुनःनिर्माण र मर्मत संभारसँगै नहरको मुहानमा पनि समस्या देखिएको छ । नहरको मुहान रहेको चतरामा कोसी नदीको वेड लेभल होचिदै जाँदा हिउँद तथा सुख्खा याममा पानीको सतह घट्ने र नदीको वहाव पनि इन्टेकको विपरीत किनारा तर्फ बग्ने हुँदा नहरमा आवश्यकता अनुसार पानीको परिणाम लैजान कठिन भएको छ । यसका लागि कोसी नदीमा आवश्यकता अनुसार सतह कायम गर्न व्यारेज निर्माण गर्न आवश्यक छ ।

चतरामा व्यारेज निर्माणका लागि विस्तृत अध्ययन तथा सर्वेक्षण भईरहेको बताइएको छ । त्यस्तै स्थगित भएको हुरहुरीया शाखाको कमाण्ड क्षेत्रको विस्तारका लागि पनि परियोजनाले अध्ययनको तयारी गरि रहेको बताईएको छ । एकातिर परियोजना अन्तर्गतका पुराना संरचनाहरुको पुनः निर्माण, मर्मत संभार र तथा नयाँ कमाण्डा क्षेत्र विस्तारका लागि अध्ययन सर्वेक्षण गर्न आवश्यक छ भने अर्को तर्फ सरकारले भने सुनसरी मोरङ परियोजना खर्चिलो भएको भन्दै बजेट कटौति गरिरहेको छ ।

अघिल्ला बर्षहरुमा बार्षिक ५० करोड बजेट विनियोजन हुँदै अएकोमा चालु आबमा ३६ करोड मात्र बजेट विनियोजन भएको छ । जसमध्ये तीन करोड परियोजनाको कर्मचारीको तलब भत्ता र सात करोड नहर सञ्चालन तथा रेखदेखमा खर्च हुन्छ ।

कर्मचारी र रेखदेखबाट बचेको २६ करोडले नहरको संरचनाहरुको मर्मत संभार र विस्तार गर्नुपर्ने बाध्यता रहेको परियोजनाका डिभिजन इन्जिनियर खत्रीले बताउनुभयो

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३