प्रकाशित : ८ माघ २०७५, मंगलवार १७:०९

विराटनगर, ८ माघ । नेपाली काँग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको छ ।

तरुण दलका केन्द्रीय नेताको सहभागितामा आज विराटनगरबाट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुने नेताहरुले बताएका छन् । विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्रीकै छोरातर्फ औंला ठडिएको आरोप लगाउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो ।

देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेतले सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताउनुभयो । विराटनगरको शनिहाटबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोध सभामा परिणत भएको थियो ।

सभामा सहभागी हुन प्रदेश १ का चौधवटै जिल्लाबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपसभापति उत्तम चापागाईंले वाइडबडीमा खरिदको घटनामा संलग्न मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिएर निर्लज्जता प्रदर्शन गरेको बताउनुभयो ।

विरोध सभामा तरुण दल मोरङका सभापति सञ्जय थापा, सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला लगायतले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३