Breaking News

रतुवामाईमा धान जोन परियोजना सुरु

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार १६:२२

विराटनगर, ८ माघ । मोरङको रतुवामाई नगरपालिका ६ र ८ नम्बर वडामा धान जोन परियोजना सुरु भएको छ । धान धेरै हुने पकेट क्षेत्रको रुपमा विगतदेखि नै पहिचान भएकाले धान जोन क्षेत्रको रुपमा परियोजना सुरु गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन, रतुवामाई ६ मोरङमा गठित समितिले आज तर्जुमा गोष्ठीमार्फत कार्यक्रम अघि बढाउने निर्णय गरेको अध्यक्ष द्रोणबहादुर पौडेलले बताउनुभएको छ ।

सो परियोजना अन्तरगत मल, विउ, विषादी, यन्त्रहरु, सिंचाईका आवश्यक सामानलगायत किसानलाई चाहिने विभिन्न औजारसमेतमा कम्तीमा ५० प्रतिशत अनुदानको ब्यवस्था हुने बरिष्ठ कृषि अधिकृत नुनुलाल उरावले जानकारी दिनुभयो ।

रतुवामाई नगरपालिका २ वटा वडामा गरी ५ सय हेक्टरमा काम गरिने परियोजनाले ६ जना कर्मचारीसहित फिल्ड कार्यालय नै राखिसकेको छ ।

कार्यालयमै भएको गोष्ठीमार्फत मल विउ आपूर्ति, यान्त्रीकरण उपकरण, भौतिक पूर्वाधार, प्रोसेसिङ तथा बजारीकरण र चेतना अभिबृद्धि तथा प्रविधि प्रसारणका कार्यक्रम ल्याइनु पर्ने किसानले माग राखेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३