प्रकाशित : ८ माघ २०७५, मंगलवार १५:५५

विराटनगर, ८ माघ । कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, सुनसरी सोनापुरका ७० वर्षीय चन्द्रबहादुर राउत, मोरङको धनपालन गाउँपालिका १ की ६५ वर्षीय भेगनीदेवी साह, विराटनगर १५ की २८ वर्षीय ममता साह र विराटनगर ११ की २५ वर्षीय सुमिक्षा बुढाथोकी घाइते भएका छन् ।
घाइते मध्ये वृद्ध राउतको अवस्था गम्भीर छ । घाइतेहरुको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टेम्पोमा सामान्य क्षति पुगेको छ । तीनवटा चक्का रहेकामा एउटा चक्का सडकको तल परेपछि टेम्पो त्यहीं पल्टिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३