प्रकाशित : ८ माघ २०७५, मंगलवार १४:३६


विराटनगर, ८ माघ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ प्रतियोगिता हुने भएको छ ।
माघको दोस्रो साताबाट मिस प्रदेशको अडिसन शुरु गर्नका लागि प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जय मिडिया म्यानेजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिनुभयो । ‘मिस प्रदेशको तयारी पुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘माघको दोस्रो साता अडिसन सुरु हुनेछ ।
पहिलो अडिसन विराटनगरमा हुनेछ ।’ त्यसपछि दोस्रो साता १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछ । किशोरीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नुको साथै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले मिस प्रदेश प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । फागुनको दोस्रो साता हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई छनौट गरिनेछ ।
उत्कृष्ट हुने प्रतियोगिलाई फाइनलमा पुग्नेछन् । ‘अडिसनको लागि आवेदन खुल्ला गरिएको छ,’ कार्यकारी निर्देशक खतिवडाले भन्नुभयो, ‘इच्छुकले यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।’