प्रकाशित : ७ माघ २०७५, सोमबार १८:४७


विराटनगर, ७ माघ । विराटनगरमा भोली देखि ८ औं हिसान स्पोर्टस् मिट हुने भएको छ । हिसान मोरङको आयोजनामा हुने स्पोर्टस् मिटमा २५ वटा उच्च माध्यमिकको सहभागिता रहने अध्यक्ष वलराम पन्तले जानकारी दिनुभयो ।
विराटनगरको डिपीएस स्कुलको खेल मैदान, वैजनाथपुर रंगशाला र मेरिल्याण्ड कलेजमा खेलकुदका कार्यक्रमहरु गरिने अध्यक्ष पन्तले बताउनुभयो ।
९ दिन सम्म चल्ने प्रतियोगिता अन्र्तगत फुटवल, व्वाईज भलिवल, गल्र्स भलिवल, क्रिकेट, टेवल टेनिसका खेलहरुमा १ हजार ४ सय ८४ विद्यार्थीले प्रतिष्पर्धा गर्ने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
प्रतियोगितामा करिव ८ लाख रुपैयाँ खर्च हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन तथा समापनका खेलहरु डिपीएस स्कुलको खेल मैदानमा हुने आयोजकले बताएको छ ।