Breaking News

पथरीशनिश्चरे नगरपालिकाले ११ छात्रालाई साइकल दियो

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार १८:५२

पथरीशनिश्चरे, ६ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले पथरी क्याम्पसमा अध्ययनरत आर्थिक विपन्न नगरका ११ जना छात्रालाई साइकल वितरण गरेको छ ।

नगरपालिका कार्यालय आज आयोजित कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले ११ छात्रालाई एक एक थान साइकल वितरण गर्नुभयो ।

नगरपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तर्गत ‘छोरीलाई छात्रबृत्ती’ नामाकरण गरी आर्थिक विपन्नको पठन पाठनमा सहयोग पुर्याउन साइकल प्रदान गरिएको नगर उपप्रमुख वास्तोलाले जनाउनु भयो । उ

हाँले छोरीहरुले राम्रो शिक्षा लिएर स्वनिर्भर वन्ने प्रेरणाका अरु पनि कार्यक्रम अघि बढाउने वचन दिनुभयो । पथरी क्याम्पसको अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी संगठनका विद्यार्थीको समेत राय अनुरुप साइकल वितरणको योजना वनेको हो ।

साइकल प्राप्त गर्नेमा, रीता परियार, संजिता विश्वा, हसना थापा, पवित्रा सुब्बा, अविशा माझी, सावित्रा विश्वकर्मा, मुना सुब्बा, जानुका विश्वकर्मा, रमा विश्वकर्मा, पवना वस्नेत र पवित्रा तामाङ रहनु भएकोछ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३