प्रकाशित : ६ माघ २०७५, आईतवार १८:५०

विराटनगर, ६ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले युवा साहित्यकार महेश पौड्याललाई पुरस्कृत गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’बाट पौड्याललाई पुरस्कृत गरिएको हो ।

सुदिस निरौला मेमोरियल ट्रष्टले हरेक वर्ष ४५ वर्षमुनिका एकजना स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरेको हो । पुरस्कार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्नेछ ।

वरिष्ठ समालोचक दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सुदिशकी मातासमेत रहेकी ट्रष्टकी अध्यक्ष टेकमाया निरौलालगायतले पौड्याललाई दोसल्ला ओढाएर १५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । पौड्याल अनुवादसहित समालोचना, आख्यान, कवितालगायतका विधामा कलम चलाउँदै आएका छन् ।

उनको पछिल्लो कृति ‘त्यसपछि फुलेन गोदावरी’ कृति चर्चित छ । कविसमेत रहेका सुदिशको सवारी दुर्घटनामा निधन भएको थियो । पिता गोविन्द र माता टेकमाया निरौलाले छोरा सुदिशको स्मृतिमा ट्रष्ट स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन् ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका समालोचक दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, कवि गोकुल अधिकारी, मधु पोखरेल, मीनकुमार नवोदित, भेषराज पोखरेल, ट्रष्टका सल्लाहकार कमल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ट्रष्टलाई सहयोग गर्ने सुदिशका सहपाठी दिपेश गौतमलाई पनि सम्मान गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३