प्रकाशित : ६ माघ २०७५, आईतवार १८:४९

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक निकायमा सरसफाई सुदृढीकरणका लागि १६ बुँदे प्रतिवद्धता कार्यान्वायन गर्न निर्देशन दिएको छ ।

प्रदेश १ लाई आगामी १ वर्षभित्र पूर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तर्गत आफु काम गर्ने कार्यालय र परिसर पूर्ण सरसफाई गरी स्वच्छ वातावरण कायम गर्न १६ बुँदे प्रतिबद्धता पत्र कार्यान्वयनका लागि मन्त्रालयले आब्हान गरेको हो ।

जसअन्तर्गत कार्यालय परिसरमा सफा एवं सुरक्षित खानेपानीको उपलब्धता गराउने, कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी कुहिने र नकुहिने फोहोरको समुचित व्यवस्थापन गर्ने लगायतका रहेका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई पूर्ण सरसफाईयुक्त बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै योजना आयोग प्रदेश १ का उपाध्यक्ष सुबोधराज प्याकुरेलले घरको भान्सा र शौचालय मात्र सफा राख्न सकियो भने पनि ५० प्रतिशत भन्दा माथि रोग नियन्त्रण गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा सुझाव दिंदै डाक्टर शंकर अधिकारी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल लगायतले सचेतनाको आवश्यकता रहेको बताउँदै फोहर व्यवस्थापनका लागि उचित पहल गर्न स्थानीय र प्रदेश सरकार लाग्न आवश्यक रहेको बताउनु भयो । सहभागीले जथाभावी फोहर गर्नेलाई दण्डको व्यवस्था गर्न पनि आग्रह गरेका छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३