Breaking News

लक्ष्मीमार्गमा प्याब्सन स्पोर्टस् मिट हुने

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार १८:४७

विराटनगर, ६ माघ । मोरङ प्याव्सनले स्पोर्टस् मिटको आयोजन गर्ने भएको छ । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि १० औं प्याब्सन स्पोर्टस् मिट माघ १० गतेदेखि हुने जनाएको छ ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले सधै विराटनगर भइरहेको प्याब्सन स्पोर्टस् मिट यसपाली विराटनगरमा हुने महिला साफ फुटबलका कारण मैदान अभावले मोरङको उत्तरी भेग लक्ष्मीमार्गको खेल मैदान हुने बताउनुभयो ।

प्याब्सन स्पोर्टस् मिटमा मोरङमा प्याब्सनसँग आबद्ध २ सय ३८ वटा निजी स्कूलबाट करिव १ हजार ५ सय विद्यार्थी खेलाडीहरुको प्रत्यक्ष सहभागि रहने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

अध्यक्ष बस्नेतका अनुसार २५ भन्दा बढी एथलेटिक्सका खेलहरु समावेश गरिने छ । तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा करिव १२ लाख खर्च हुने आयोजकले बताएको छ ।

प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिवलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३