ईटा भट्टाबाट ६ बालकहरूको उद्दार
प्रकाशित मिति : २ माघ २०७५, बुधबार १८:४३

विराटनगर, २ माघ । मोरङको कटहरीबाट ईटा भट्टामा काम गर्ने ६ जना बालकको आज उद्दार गरिएको छ ।
मोरङ प्रहरी र सिविन नेपाल विराटनगरको टोलीले कटहरी गाउपालिका वडा नं. ५ स्थित कृष्ण प्रणाम ईटा भट्टामा काम गर्ने १६ बर्ष मुनिका ६ जना बालकहरुलाई गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम विराटनगर पठाईएको मोरङ प्रहरीले जनाएको छ । ईटा भट्टाबाट उद्दार गरिएकामा ५ जना भारतका र १ जना नेपालका रहेका छन् ।
उद्दार गरिएकामा भारत कुछविहारका रुवेल मिया, छितेही बंगालका कासनकुमार बिश्वास, राजकुमार बिश्वास, काउछर आलम, रुवेल मिया र मोरङ भौडाहाका राजु सरदार रहेका छन् ।
ईटा भट्टाका संचालक विराटनगर ३ का फणिन्द्रबहादुर ढकाललाई आबश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय, विराटनगरमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४