प्रकाशित : २ माघ २०७५, बुधबार १५:४०

विराटनगर, २ माघ । लायन्स क्लबका डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीको पहलमा विराटनगरको कोसी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह निर्माण गरिएको छ ।

त्यसको निर्माणका लागि लायन्स क्लब विराटनगर एक्टिभ, विराटनगर शुभम् र लायन्स क्लब अफ दिङ्ला भोजपुरले सहयोग गरेका हुन् । कार्कीले टायल र मार्वल समेतको प्रयोग गरेर एसीसहितको शव गृह निर्माण सम्पन्न गर्न छ लाख तीन हजार तीन सय १५ रुपैयाँ खर्च लागेको जानकारी दिनु भयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलका अनुसार शव गृहमा एकै पटकमा तीनवटा शवको पोष्टमार्टम गर्न सकिन्छ । यस अघि कोसी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह नहुँदा पोष्टमार्टमका लागि ल्याएर राखिएका शव गन्हाउने र वरपर दुर्गन्ध फैलने समस्या थियो ।

‘विभिन्न घटनामा परेर मृत्यु भएकाहरुको शव एक दिनमा अस्पतालमा तीनवटा भन्दा बढी पोष्टमार्टमका लागि ल्याउने गरिएको छ,’ मेसु पोखरेलले भन्नु भयो, ‘तर व्यवस्थित शव गृह निर्माणपछि पोष्टमार्टममा सजिलो हुनुका साथै शव सडेर दुर्गन्ध फैलने समस्याको अन्त्य भएको छ ।’

लायन्स क्लबले यस अघि नै अस्पतालमा एक रातमा २२ जना सम्म सुत्न मिल्ने गरीको बिरामी कुरुवा घर पनि बनाइदिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३