प्रकाशित : २ माघ २०७५, बुधबार १५:३७

विराटनगर, २ माघ । खुट्टा भाँचिएर समस्यामा परेका संखुवासभाको खाँदबारी नगरपालिका ७ का ६० वर्षीय लीलाबहादुर घिमिरेलाई उपचारका लागि लायन्स क्लब अफ विराटनगर सिटिजन्सले सहयोग गरेको छ ।

दाउरा काट्ने क्रममा गत बिहीबार मुडाले किचेर खुट्टा भाँचिएपछि घिमिरेलाई उपचारका लागि विराटनगरको कोसी अञ्चल अस्पतालमा ल्याइएको थियो । पैसा अभावमा उपचार गराउन नसकिरहेको पाइएपछि उपचारमा लायन्स क्लबले सहयोग गरेको हो । क्लबकै सहयोगमा शल्यक्रिया गरेर घिमिरेको खुट्टामा स्टिल राखिएको छ । क्लबले औषधि, उपचार र खुट्टामा राख्ने स्टिलको व्यवस्था गरिदिएको लायन्स क्लव ३२५ ए वानका डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीले बताउनु भयो ।

पारिवारिक आर्थिक अवस्था नाजुक भएका कारण उपचार नपाएका गरिव अवस्थाका घिमिरेलाई ५४ हजार रुपैयाँ बराबरको सहयोग गरिएको कार्कीले बताउनु भयो । उहाँले अस्पतालमा रहेर उपचार गराउनजेल सम्म बिरामीका लागि फलफुल र पोषिला खानेकुराको व्यवस्था लायन्स क्लबले मिलाउने जानकारी दिनुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका अन्य जुनसुकै बिरामीलाई पनि उपचारमा सहयोग गरिने कार्कीको भनाइ छ ।

घिमिरेको खुट्टाको शल्यक्रिया अस्पतालका बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल नेतृत्वको चिकित्सक टोलीले गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले घिमिरेको शल्यक्रिया गर्दा र ल्याब परीक्षण गराउँदा लाग्ने सबै शुल्क अस्पतालले मिनाहा गरिदिएको जानकारी दिनु भयो ।

यसैबीच लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै सक्रियतामा लायन्स क्लबले बुधबार नै पेट भित्रै सात महिनाको शिशुको मृत्यु भएकी एक महिलालाई समेत आर्थिक सहयोग गरेको छ ।

मोरङको बेलबारी नगरपालिका ६ की २८ वर्षीय कविता राई खवासलाई पाँच हजार एक सय रुपैयाँ सहयोग गरिएको लायन्स क्लव ३२५ ए वानका निवर्तमान डिस्ट्रिक गर्भनर लीला ढुँगेलले जानकारी दिनु भयो । खवासको पेटमा साता महिनाको शिशुको मृत्यु भए पनि शल्यक्रिया गरेर बाहिर निकाल्नलाई पैसाको अभाव रहेको पाइएपछि सहयोग गरिएको उहाँको भनाइ छ ।

कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा राखेर खवासको उपचार सुरु गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३