प्रकाशित : १ माघ २०७५, मंगलवार १९:३२

विराटनगर, १ माघ । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले विराटनगर महानगरपालिका ११ स्थित ब्रह्मापुरामा लगाएको उखु खेतीमा मंगलबार दिउँसो आगलागी भएको छ ।

समयमा उखु नकाटेका कारण सुक्न थालेको र त्यही सुकेको उखुमा लागेको आगोले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ । उचित मूल्य नपाएको भन्दै कृषकले समयमा उखु नकाट्दा खेतमै सुक्न थालेको छ ।

आठ विगाहा क्षेत्रफलमा फैलिएको उखु खेतीमा दिउँसो १ बजे लागेको आगोले चार लाख मूल्य भन्दा बढीको क्षति गरेको प्रहरीले जनाएको छ । दमकल जाने बाटो नहुँदा आगो समयमा नियन्त्रणमा लिन नसकिएको प्रहरीको भनाइ छ ।

वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेका अनुसार आगो लागेका ठाउँमा दमकल पुग्न सकेको भए तत्काल आगो नियन्त्रणमा लिइने र धेरै क्षति हुन पाउने थिएन । तर दमकल पुग्न नसके पनि स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा दुई घण्टामै आगो नियन्त्रणमा लिएका कारण पूर्ण क्षति भने हुन नपाएको बताइएको छ ।

कोइरालाले आफ्नो ५१ विगाहा जमिन मध्ये १० विगाहमा उखु खेती लगाएको जानकारी दिए । उनले काट्ने तयारी गर्दै गरेको उखुमा आगो लागेर क्षति पुगेको बताए । १० मध्ये आठ विगाहा क्षेत्रफलमा लगाएको उखु खेतीमा भने आगो लागेको हो । कोइरालाले तयारी अवस्थाको उखु आधा भन्दा बढी क्षति भएको बताए । त्यहाँ चार हजार क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको थियो । आधा भन्दा बढी आगो लागेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नहर र पम्पसेटबाट पाइपमा पानी तानेर आगो दुई घण्टामा नियन्त्रणमा लिइएको हो । कोइरालाले गत वर्ष मात्रै १० लाख रुपैयाँ लगानी गरेर १० विगाहा जमिनमा उखु खेती लगाएको बताउनुभयो ।

कुनै रिसिईवीले वा लागुऔषधका सेवनकर्ताले आगो लगाएको हुन सक्ने भन्दै कोइरालाले आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्नु पर्ने र जति सक्दो चाँडो यथार्थ बाहिर ल्याउनु पर्ने माग गर्नुभयो।

प्रहरीले पनि आगो कसैले लगाएको हुन सक्ने जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३