प्रकाशित : १ माघ २०७५, मंगलवार १३:४८

विराटनगर, १ माघ । सिर्जना फाईनान्स लिमिटेडको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिकोे पहिलो बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोही निर्णय अनुसार आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैक, विराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

सोही कार्यक्रममा उहाँले सिर्जना फाईनान्सले राम्रो प्रगति गरेको र भबिष्यमा नेपाल राष्ट्र बैंकबाट निर्देशित नीति–निर्देशनहरुको पालना गर्दै अब्बल बनोस भनी निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनु भयो ।

सपथ ग्रहण कार्यक्रममा निर्वाचित सञ्चालक सुवास आचार्य र राजीब कुमार मिश्रलाई अध्यक्ष सुयश प्याकुरेलले सपथ ग्रहण गराउनु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३