Breaking News

विराटनगर, ३० पुस । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियतले स्वच्छ वातावरणमा जीउने नागरिकको अधिकारलाई प्रदेश १ सरकारले पूर्णतया रक्षा गर्ने बताउनु भएको छ ।

उहाँले उक्त कुरा सरकारद्धारा संचालित स्वच्छ वातावरण महाअभियानअन्तर्गतको विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बताउनुभएको हो । नेपाल सरकार र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागको संयुक्त पहलमा यो अभियान गत वर्षको वातावरण दिवसदेखि सुरु भएको थियो ।

महाभअभियानको विराटनगरको कार्यक्रममा प्रदेश सरकारका सचिव वद्रीराज ढुंगानाले प्लाष्टिकजन्य फोहोरलाई व्यवस्थापन गर्न नसक्दा ठूलो वातावरणीय क्षति भइरहेको बताउनुभयो । जीवनशैलीको परिवर्तनसँगै वातावरण विनाश पनि बढेको उहाँले बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै अभियान्ता प्राडा मदन कोइरालाले प्रदेश सरकारलाई स्वच्छ वातावरण

निर्माण गर्ने मार्ग प्रस्तुत गर्नुभयो । सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण पत्रकार तथा उपप्राध्यापक रामचन्द्र अधिकारीले प्रदेश १ मा प्रसस्तै वातावरणीय चुनौतिहरु रहेको र तिनीहरुको उचित समाधान गरे मात्र स्वच्छ वातावरणमा जीउन सकिने बताउनुभयो ।

विषादी, अजैविक मल, ठूला विकासे परियोजना र अव्यस्थित सडक निर्माण आदिले वातावरणमा क्षय गराउने भएकाले यस बारे सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्राडा दामोदर थापाले संस्कारको विकास नभई वातावरणको सुरक्षा नहुने बताउनु भयो ।

प्राडा शशिनाथ झाले बाहिरी मात्र होइन शरीरभित्रको वा मन र मस्तिष्क सफा राखेपछि सबैले स्वच्छ वातावरण पाउँछन् भन्नुभयो ।

सो कार्यक्रममा उपप्राध्यापक डा मनकुमार धमला, पूर्वाञ्चल विश्वविद्यालयका सहायक डिन, वातावरणका सहायक प्राध्यापक मदन थापा, वातावरण मन्त्रालयका अधिकृतहरु विष्णु पाण्डे र देवेन्द्र भण्डारीले पनि धारणा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३