प्रकाशित : २९ पुष २०७५, आईतवार १९:२२


विराटनगर, २९ पुस । सन् २०१९ को अन्त्य सम्ममा मोरङका ५ वटा स्थानीय तहमा गरिने कार्यक्रमबारे आज जिल्ला स्तरिय बैठक सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा सञ्चालित हुने बार्षिक कार्यक्रम र योजनाबारे छलफल भएको हो । वल्र्ड भिजनसँगको सहयोगमा नारी विकास संघ, बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपाल (एमडीएमएस) र राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसीडिसी)का प्रतिनिधिले बार्षिक कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए ।
बैठकमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, ग्रामथान गाउँपालिका उपप्रमुख फूलकुमारी चौधरी, बुढीगंगा गाउँपालिका उपप्रमुख अमृताकुमारी गच्छदार लगायतको सहभागिता रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पोखरेलले स्थानीय तहसँग योजना र बजेट कार्यन्वयन गर्ने अधिकार भएकाले स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो ।
स्थानीय तहले पनि एनजीओसँग भएको विज्ञतालाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले एनजिओले गर्ने काम पारदर्शी हुनुपर्ने बताउनुभयो । वल्र्ड भिजनको सहयोगमा विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकामा कार्यक्रम सञ्चालित छ ।