Breaking News

विराटनगर, २९ पुस । चालु आर्थिक बर्षको ६ महिना वित्न लाग्दा प्रदेश नं १ को भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङले सुनसरी र मोरङका २१ वटा सडक र तीन वटा पुल निर्माणका लागि टेण्डर सार्वजनिक गरेको छ ।

मोरङ र सुनसरीमा प्रदेश सरकारको सडक र पुल निर्माणको योजना हेर्ने गरी विराटनगरमा स्थापना गरिएको यो कार्यालयले पहिलो पटक सडक र पुल निर्माणको टेण्डर सार्वजनिक गरेको हो ।

सडक र पुल निर्माण कार्यको टेण्डर सार्वजनिक भएसँगै कार्यालयले गति लिएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख शुसिल श्रेष्ठले बताउनुभयो । हाल टेण्डर सार्वजनिक गरिएका सबै सडक रु ६० लाख भन्दा कम लागतका योजना हुन । एक बर्षे ठेक्का अन्तर्गतका यी योजनाको कुल रकम भने १० करोड रहेको छ ।

प्रदेश नं १ को सरकारको बजेटबाट निर्माणका लागि टेण्डर गरिएका सडकमा दर्वेशा देखि धनपाल थान चौक सम्मको सडक,लखन्तरी–पीडारमुनी– सिद्रा सडक, कानेपोखरीको जय नेपाल चौक देखि दलेली सडक, पथरी–डाइनीय–सिक्टी सडक, पुष्पलाल चौकबाट बुढी गँगा गाउपालिका–हुँदै हात्तिमुडा हरैचा सडक, विराटनगरको शिवं पेट्रोलपम्प देखि शिप बिकास तालिम केन्द्रको कार्यालय सम्मको सडक रहेका छन् ।

त्यस्तै मोतीपुर शुक्रबारे हटिया देखि गिधनीया खोला सडक, लखन्तरी–पीडारमुनी –सिद्र सडक, विराटनगर–३ स्थित लालीगुराँस मार्ग, विराटनगर–४ स्थित प्रगति मार्ग , भुटानी शिविर देखि शनिश्चरे सडक, उर्लाबारी–४ स्थित नगरपालिका मार्ग , शनिश्चरे बजार देखि कुसे चौरी मंगलबारे सडक, गिरिजा प्रसाद मार्ग (झपरतल हुँदै भारतीय सिमासम्म) रञ्जनी काजीमान चौक– दोहमाना गान्धि आश्रम सडक,विराटनगर ५,६,११,१२ हुँदै जोगवनी सडक,राधा कृष्ण मार्ग– सिद्धमार्ग, धरान बसपार्क–बनबाटिका मार्ग धरान, इटरी भवानीपुर–अमाह सडक, र इनरुवा ज्ञनोदय स्कुल देखि रामधुनी सडक रहेका छन् । टेण्डर गरिएका मध्ये १८ वटा सडक मोरङ जिल्ला अन्तर्गत रहेका छन् भने अन्य तीन वटा सडक सुनसरी जिल्ला अन्तर्गत रहेका छन् ।

टेण्डर गरिएको यी अधिकाँस सडक योजना कालो पत्रे र ग्रावेल रहेको पूर्वाधार कार्यालय मोरङले जनाएको छ । त्यसैगरी बहुर्षीय ठेक्काका लागि तीन वटा पुलको पनि टेण्डर गरिएको छ । जसम मोरङ मिक्लाजुङ गाउपालिका अन्तर्गत मिक्लु खोलाको पुल र बेलबारी नगरपालिको कायर खोलाको पुल रहेका छन भने सुनसरीमा सर्दुखोलाको पुल रहेको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरुको बजेट खर्च गर्ने कार्यविधि निर्माणमा ढिलाई भएका कारणले सडक र पुल निर्माणको ठेक्का या अगाडि बढाउन ढिला भएको कार्यालय प्रमुख श्रेष्ठ बताउनु हुन्छ ।  तर अब बजेट खर्च गर्ने कार्यविधि निर्माण भईसकेकाले अन्य कामले गति लिने उहाँले स्पस्ट पार्नुभयो । बुहबर्षीय ठेक्का अन्तर्गतका अन्य सडक निर्माणका योजनाको टेण्डर पनि चाँडै गरिने पूर्वाधार कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३