Breaking News

पत्रकार अधिकारीलाई शिरोमणि सम्मान

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १८:५१

विराटनगर, २९ पुस । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार कुमोद अधिकारी विराटनगरमा सम्मानित भएका छन् । शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले अधिकारीलाई सम्मान गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, रमाप्रसाद रिजाल, पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अधिकारी रेडियो नेपालमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी प्रेस युनियन मोरङका पूर्व अध्यक्ष हुन् । पुस्तकालयले यसअघि सो सम्मानबाट विक्रम निरौला, मीनकुमार नवोदित, कुमार लुइँटेल, सुशीला पाठक सम्मानित गरिसकेको छ ।

समारोहमा कवि मेनुका चापागाईंलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, पूर्वअध्यक्ष केदार कोइराला, साहित्यकार कविराज न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, साहित्यकार बलराम पोखरेललगायतले नेपाली साहित्यमा पौड्यालले पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रममा एक दर्जनभन्दा बढी कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

पुस्तकालयले लेखनाथ जन्यन्तीको अवसर पारेर हरेक वर्ष स्रष्टा सम्मान र कविगोष्ठी कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३