Breaking News

हुण्डी कारोबारमा संलग्न तीनजना विराटनगरबाट पक्राउ

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १८:५०

विराटनगर, २९ पुस । अवैध हुण्डी कारोबारमा संलग्न ३ जना ६९ लाख सहित विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर ७ का ३२ बर्षीय राजेश हेडा, विराटनगर ११ का २५ बर्षीय सुमित साह र विराटनगर १२ का ४१ बर्षीय दिपककुमार कर्ण पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका व्यक्तिहरू मध्ये हेडा सोही सहकारी संस्थाको अध्यक्ष समेत हुन । उनको कार्यकक्षबाट ५९ लाख ७ हजार ६ सय बरामद गरिएको छ ।

हेडाले सहकारी संस्थाको आडमा हुण्डी कारोवार गर्दै आएको प्रारम्भिक सोधपुछको क्रममा खुलेको बताईएको छ । सो सहकारी संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार रकम समेतबरामद गरिएको छ ।

उनले सो रकम राजेश हेडाबाट बुझी लान लागेको अवस्थामा बरामद गरिएको हो । सो सहकारी संस्थाको म्यानेजर दिपककुमार कर्णलाई समेत अनुसन्धानको क्रममा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३