Breaking News

सहकारी ऐन तत्काल ल्याउन सहकारीकर्मीको आग्रह

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १८:४४

विराटनगर, २८ पुस । मोरङका सहकारी अभियन्ताहरुले प्रदेश स्तरीय सहकारी ऐन तत्काल ल्याउन आग्रह गरेका छन् । उनीहरुले सहकारीलाई उत्पादनसँग जोडेर लैजान समेत प्रदेश नं १ सरकारलाई अनुरोध गरेका छन् ।

आज विराटनगरमा जिल्ला सहकारी संघ मोरङको २६ औ साधारण सभामा बोल्दै सहकारी अभियन्तनहरुले सो सुझाव दिएका हुन् । कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले आगमी फागुन सम्ममा प्रदेश सहकारी ऐन आइसक्ने र सहकारी ऐन सँगै सहकारी क्षेत्रका प्रदेश तहका संरचनाहरु पनि निर्माण गरिने बताउनुभयो ।

उहाँले प्रदेश नं १ को सरकारले कृषि क्षेत्रलाई विशेष प्रथामिकतामा राखेकाले कृषिजन्य बस्तुको उत्पादन गर्ने योजना बनाएर आउने सहकारीलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

नेपाल कृषि प्रधान मूलुक भएपनि अहिले कृषिजन्य बस्तुकै आयत गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री कार्कीले भन्नुभयो,‘ अब सरकारले धुलो दुध र जुस उत्पादन गर्नलाई परियोजना ल्याउँदै छ । त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थ सहकारी क्षेत्रले दिनुपर्छ । यसो गर्न सक्यो भने कृषिमै रोजगारी सिर्जना गर्न सक्छौ ।’

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रमेशप्रसाद पोखरेलले सरकारले अघि सारेको बिकास र समृद्धिको अभियानलाई सहकारी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला सहकारी संघका सल्लाहकार तथा कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले सरकारले निर्माण गरेका विभिन्न कोष तथा सहकारी ऐन कानूनको बारेमा चेतना र सूचना दिने काममा संघको ध्यान जानुपर्ने बताउनुभयो ।

यूवा स्वरोजगार कोष, गरिबी निवारण कोष जस्ता कार्यक्रमका बारेमा सहकारी क्षेत्र अनविज्ञ रहेको तर्क गर्दै यस्ता बिषयमा जिल्ला सहकारीले प्रशिक्षण दिन उहाँले सझाव दिनुभयो ।

प्रदेश नं १ को कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले उत्पादनका विभिन्न क्षेत्रमा सहकारीसँग सहकार्य गरेर जाने गरी मन्त्रालयले कार्ययोजना तयार पारेको बताउनुभयो ।

कार्यक्रममा रामचन्द्र गौतम, केशवप्रसाद पोखरेल लगायतका सहकारी अभियान्तले बोल्नु भएको थियो । साधारणसभामा संघका मोरङ अध्यक्ष डिल्ली पोखरलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३