Breaking News

नेकपा नेता अधिकारी अस्वस्थ

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १६:५७

काठमाण्डौं, २८ पुस । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ ।

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिनुभयो ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उहाँले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ । उहाँको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३