Breaking News

सिर्जना फाईनान्सले १५ प्रतिशत बनोस शेयर दिने

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १६:३४

विराटनगर, २८ पुस । सिर्जना फाईनान्स लिमिटेड विराटनगरले १५ प्रतिशत बनोस शेयर दिने दिने भएको छ । आज विराटनगरमा सम्पन्न १८ औं बार्षिक सधारण सभाले गत असार मसान्तको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ९ दशमलब ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब सर्व सम्मतिले पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले नेपाल राष्ट्र बैकको स्वीकृति लिएर झापा र ईलाममा कार्यक्षेत्र बिस्तार गरी सप्तरी, सुनसरी र मोरंग सहित पाँच जिल्ला कार्यक्षेत्र बनाउने र आगामी असार भित्र ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरी चालु वर्षको मुनाफाबाट बोनश शेयर बितरण गरी आगामी असोज भित्र सिर्जनालाई राष्ट्रिय स्तरको बनाउने निर्णय समेत गरेको छ ।

सभाले सात सदस्यीय सञ्चालक समितिको संख्या घटाएर पाँच सदस्यीय बनाएको छ । आगामी चारवर्षे कार्यकालकालागि सञ्चालक समितिमा संस्थापकबाट सुयश प्याकुरेल, सुवास आचार्य र सर्वसाधारणबाट मुकेश राठी, राजीबकुमार मिश्रलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा डा. प्रमोद कुमार झालाई यसअघि नै सञ्चालक समितिले नियुक्त गरीसकेको छ ।

सिर्जना फाईनान्सको ४६ करोड ७ लाख ८२ हजार शेयर पूँजी, ५ अर्व ४० करोड निक्षेप, ३ अर्व २५ करोड कर्जा र १९ करोड ३ लाख सञ्चालन मुनाफा रहेको छ । फाईनान्सको १ लाख २५ हजार ग्राहक रहेको प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईले जानकारी दिनुभयो ।

साधारणसभामा पूर्व सञ्चालक लिला ढुंगेल, नेरुडे लघुबित्तका प्रबन्ध सञ्चालक मणीकुमार अज्र्याल, गोबिन्दराम कावरा, राजीब मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३