Breaking News

अज्ञात वस्तु विस्फोटमा बालकको मृत्यु, बालिका घाइते

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १८:५२

विराटनगर, २७ पुस । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा आज दिउँसो अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।

घटनामा एक बालिका घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डल रहेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका कुमारी मण्डल छिन् । विष्फोटबाट घाइते भएकी बालिकालाई उपचारका लागि कोसी अञ्चल अस्पतालबाट विराटनगर आँखा अस्पताल लगिएको छ ।

कोसीमा उपचार सम्भव नभएपछि र उनको दुबै आँखामा विष्फोटबाट चोट लागेपछि उपचारका लागि त्यहाँ लगिएको प्रहरीे जनाएको छ । घाइते बालिकाको उमेर ६ वर्ष र मृतक बालकको उमेर ७ वर्ष रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले आगो तापेर बालबालिका खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिनुभयो ।

विग्रिएको पुरानो मोवाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुन सक्ने आशंका गरिएको रानाले बतानुभयो । अन्य कुनै चिज वस्तु विष्फोट भएको हुन सक्ने आशंकामा घटनाको अनुसन्धान सुरु गरिएको उहाले बतानुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३