प्रकाशित : २७ पुष २०७५, शुक्रबार १८:४९


विराटनगर, २७ पुस । मोरङको जिल्ला मोरङ केराबारी गाउपालिका ८ स्थित आमजुङ वन क्षेत्रमा अवैध नदी जन्य पदार्थ मिक्स गिटी उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले तीनवटा टिपरलाई नियन्त्रणमा लिएको छ ।
को १ ख ५३१९, को १ ख ५९९३ र ना ७ ख ४५ नम्बरको टिपरलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो ।