Breaking News

ईमोबाट ठगी गर्ने चार पक्राउ

प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १८:४५

विराटनगर, २७ पुस । ईमो, भाईवर लगायतका सामाजिक सञ्जालबाट ठगी गर्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ हाटखोलाको लक्ष्मी मनि ट्रान्सफर आगडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले बारा प्रसौनी गाउँपालिका ६ बेलही बस्ने सखिना खातुनलाई ईमोमा तपाईको नाममा एनसेल कम्पनीबाट २५ लाख लट्री परेको छ भनि विश्वासमा पारेर ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लट्री परेको लोभमा परेर खातुनले ३० हजार रुपैयाँ पठाउनु भएको थियो । पछि फेरी ७५ हजार रुपैयाँ पठाउनु भनेपछि आफू ठगिएको शंका लागेर उहाँले प्रहरीलाई खवर गरेको जनाइएको छ ।

प्रहरीले ठगीमा संलग्न मोरङ कटहरी गाउपाँलिका ३ का २६ वर्षीय श्रवण मल्लाह, ३४ वर्षीय मन्जयकुमार सिंह, ३४ वर्षीय शत्रुधन कुमार तत्मा र जहदा गाउँपालिका ४ का २१ वर्षीय अजयकुमार सिंहलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बारा प्रहरीसंगको समन्वयमा उनीहरुलार्इृ पक्राउगरिएको बताउनु भयो । पक्राउ परेकाहरुको साथबाट एक लाख ४५ हजार रुपैयाँ नगद र चारवटा मोवाइल बरामद भएको छ ।

पक्राउ परेकाहरु विरुद्ध ठगी मुद्धा चलाउन शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३