Breaking News

अग्निपीडितलाई तरुण दलको सहयोग

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १८:५७

विराटनगर, २६ पुस । विराटनगर ४ जामुनागाछीका अग्निपीडित सितारमण लालदासलाई नेपाल तरुण दलको पहलमा सहयोग गरिएको छ । तरुण दल मोरङका तरुण विभाग प्रमुख सञ्जय मण्डलको पहलमा दाता सागर ढकालले विहीबार पीडितलाई चालीस हजार रुपैयाँ मूल्य बराबर ४६ बोरा सिमेन्ट हस्तान्तण गरेका छन् ।

गत पुस १९ गते आगलागी हुँदा लालदासको घरसहित भएको सबै जायजेथा जलेर खरानी भएको थियो ।

घर निर्माणका लागि सहयोग जुटाइको तरुण दल मोरङका अध्यक्ष सञ्जय थापाले जानकारी दिएका छन् । आज तरुण दलका विराटनगर अध्यक्ष सन्तोष न्यौपाने, मोरङ काँग्रेसको संगठन विभाग सचिव तेजेन्द्र भट्टराई, तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधि अनुरोध साहलगायत नेता पीडितको पुगेका थिए । आगलागीबाट ४० लाख रुपैयाँ बराबरको धनमला क्षति भएको पीडितको भनाइ छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३