Breaking News

विराटनगर, २६ पुस । प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजिसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनु भएको छ ।

आज विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना गरेको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोड दिनुभएको हो ।

ज्यले सम्पूर्ण लगानी भएका विद्यालयहरुको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिष्पर्धि बनाउन सकेमात्र शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने मन्त्री कार्कीको भनाई छ । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतीमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताउनुभयो ।

सञ्चालकहरुले व्यवस्थापन कुशलतापूर्वक गरेपनि एभरेष्टलाई यो उचाईमा पुर्याउन अभिभावकहरुको महत्वपूर्ण लगानी र विश्वास रहेको बताउनुभयो । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताउनुभयो ।

हाम्रा उत्पादन विदेशमा बिक्नुपर्छ भन्ने नभई विश्वस्तरीय शिक्षा यहाँपनि हुनुपर्छ र समृद्ध नेपाल बनाउन भूमिका खेल्नसक्ने हुनुपर्छ भन्ने रहेको प्रिन्सिपल पुरीले बताउनुभयो । खेलकुद सप्ताह आइतबार समापन हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३